खबर फटाफटप्रदेश

लाखौँको अवैध चिनी र मोबिल बरामद

Thrill Factory
Rungta Group
प्रहरी चौकी खैरेनीबाट खटिएको टोलीले रुपन्देहीको देवदह नगरपालिका- ५ बाट अवैध सामान बरामद गरेको हो ।

पश्चिम नवलपरासी सुस्ता गाउँपालिका- ३९ वर्षीय अस्लाम अन्सारीले लु १ च ९२७९ नम्बरको बलेरो पिकअप गाडीमा बिना बिल अवैधरुपमा ल्याउँदै गरेको ५० बोरा चिनी र १० कार्टुन मोबिल बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए ।

उनका अनुसार बरामद भएको सामान, पिकअप गाडी र गाडी धनीलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button