खेल संसार

युभेन्ट्सको सहज जित, बोलोग्ना र रोमाबीच प्रतिस्पर्धा हुने

इटालीयन सिरी ए मा युभेन्ट्सले सातौँ जित निकालेको छ । आज बिहान भएको खेलमा युभेन्ट्सले सालेरनितानलाई २-० अन्तरले पराजित गरेको हो ।

भ्रमणकारी टोली युभेन्ट्सको जितमा पाउलो डिबला र अल्भारो मोरटाले १/१ गोल गरे । जितपछि युभेन्ट्स १५ खेलमा २४ अंकका साथ सातौँ स्थानमा छ भने पुछारमा रहेको सालेरनितान मात्र आठ अंक जोड्दै तालिकाको पुछार तथा रेलिगेशन जोनमा छ ।

अर्को खेलमा भेरोना र कगलेअरले शून्य गोलको बराबरीमा रोकिए । गएराति भएका अन्य दुई खेलमा एटलान्टाले भेनेजिआलाई ४-० ले हराउँदा फेरेन्टिना सम्डोरिआसँग ३-१ ले पराजित भयो ।

नेपाली समयअनुसार आज बेलुकी सवा ८ बजे इन्टर र स्पेजिआ तथा बोलोग्ना र रोमाबीच प्रतिस्पर्धा हुनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button