देशमुख्य खबर

बन्दसत्र रोकेर आकांक्षी नेताहरुसँग छलफलमा केपी शर्मा ओली

 नेकपा (एमाले) को महाधिवेशनको बन्दसत्र शनिबार बिहान १० बजे सुरु हुने भनिए पनि हालसम्म सुरु हुन सकेको छैन। पदाधिकारी चयनका विषयमा सहमति नहुँदा बन्दसत्र सुरु हुन नसकेको हो।

बन्दसत्र क्षेत्रमा पुग्नु अघि आफू बसकेको रिसोर्टमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीमा सहमति गरेर जाने बताउँदै आकांक्षी नेताहरुसँग छलफल गरेका थिए। तर बैठकमा कुनै सहमति हुन सकेन। आकांक्षी नेताहरुले अडान नछोडेपछि उक्त बैठकले कुनै निष्कर्ष निकाल्न सकेन।

ओलीसँगको बैठकपछि नेताहरु बन्दसत्र हुने सेभनस्टर होटल पुगेर फेरि आन्तरिक छलफलमा जुटेका छन्। आकांक्षी नेताहरुसँग ओली होटलमा छलफलमा जुटेका हुन्। ओली आफू निकट नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल, विष्णु रिमाल लगायतका नेताहरुसँग होटलमै ‘गोप्य’ छलफल गरिरहेका छन्।

ओली बन्दसत्र हुने होटल पुग्नु अघि आकांक्षी नेताहरु पनि आन्तरिक छलफलमा जुटेका थिए।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button