No Image Headlineअन्तराष्ट्रिय

विश्व कोरोना अपडेट : साढे ५ लाख कोरोना संक्रमित थपिए, मृतकको संख्या ५२ लाख नाघ्यो

विश्वभर पछिल्लो २४ घण्टामा ५ लाख ६१ हजार ७१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यही अवधिमा ६ हजार २८७ जना संक्रमितको मृत्यु भएको छ भने ३ लाख ९४ हजार ५१८ जना कोरोनामुक्त भएका छन्।

यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ लाख ५ हजार ८०० पुगेको छ। पछिल्लो पटक सबैभन्दा धेरै रसियामा १ हजार २३५ जनाको मृत्यु भएको छ। यस्तै, युक्रेनमा ६०८, पोल्याण्डमा ४२१, जर्मनीमा ३७४, ब्रजिलमा ३०३ र अमेरिकामा २९८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यो अवधिमा जर्मनीमा ७२ हजार, बेलायतमा ५० हजार, रसियामा ३४ हजार ६००, फ्रान्समा ३४ हजार ४००, अमेरिकामा ३० हजार ९००, चेक रिपब्लिकमा २७ हजार ७०० र पोल्याण्डमा २६ हजार ७०० जनामा कोरोना संक्रमित थपिएका छन्।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button