खबर फटाफटप्रदेश

झापामा ब्राउनसुगरसहित ७ जना पक्राउ

झापाको भद्रपुरबाट लागुऔषध ब्राउनसुगरसहित ७ जनालाई प्रहरीले पक्रेको छ । भद्रपुर नगरपालिका–७ स्थित बोक्तोबारीबाट बिहीबार बेलुका उनीहरु ब्राउनसुगरसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पक्राउ पर्नेमा भद्रपुर–७ टेलिभिट्टाका १९ वर्षीय नारायण राजवंशी, २२ वर्षीय प्रकाश राजवंशी, भद्रपुर–६ सङ्गमटोलका २० वर्षीय राहुल ठाकुर, भद्रपुर–५ का २१ वर्षीय सोनु राजवंशी, बिर्तामोड–८ सैनिकटोलका १८ वर्षीय सुदीप श्रेष्ठ, बिर्तामोड–६ कसेनिटोलका ३१ वर्षीय प्रताप योञ्जन र अर्जुनधारा–१ का २८ वर्षीय राज श्रेष्ठ रहेका छन् ।

वडा प्रहरी कार्यालयको प्रहरी टोलीले शङ्का लागेर जाँच गर्ने क्रममा उनीहरुका साथबाट चार ग्राम ६१० मिलीग्राम ब्राउनसुगर, एक थान नाइट्रोजन ट्याबलेट, एक थान डिजिटल तराजु, मे८प ९७०१ र को३८प ९०२८ नंको मोटरसाइकल बरामद गरेको कार्यालयले जनाएको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button