खबर फटाफटदेश

प्रहरी जवान र इन्स्पेक्टर माग गर्दै प्रहरीले खुलायो जागिर (विवरणसहित)

नेपाल प्रहरीले एक हजार नौ सय ७१ जना प्रहरी जवान माग गरेको छ।

शुक्रबार गोरखापत्रमा सूचना निकालेर प्रहरी प्रधान कार्यालयले उक्त संख्यामा प्रहरी जवान माग गरेको हो। इच्छुकहरूलाई आवदेन दिन पनि प्रहरी प्रधान कार्यालयले अनुरोध गरेको छ।

साथै एक सय ४६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) माग गर्दै आवेदन खुला भएको छ। प्रहरी निरीक्षक, प्रहरी जवान तथा प्रहरी कार्यालय सहयोगी पदहरूमा खुला र समावेशी प्रावधानअनुसार पदपूर्ति गर्ने गरी आवेदन खुला गरिएको छ।

फागुन १९ गतेदेखि दरखास्त फारम बुझाउन पाइन्छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button