No Image Headlineअन्तराष्ट्रिय

दक्षिण अफ्रिकामा देखियो कोरोनाको नयाँ भेरियन्ट, अहिलेका खोपले काम नगर्ने

Thrill Factory
Rungta Group

दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट पत्ता लागेको छ। दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले कोरोना भाइरस उत्परिवर्तन भएको र दक्षिण अफ्रिकामा त्यसको संक्रमण फैलदै गइरहेको बताएका छन्।

वैज्ञानिकहरुले कोरोना भाइरसविरुद्ध अहिले प्रयोग भइरहेका खोपहरु उत्परिवर्तित नयाँ भाइरसकोका लागि प्रभावकारी नहुन सक्ने बताएका छन्। उत्परिवर्तित भाइरसको बारेमा थप अनुसन्धान भइरहेको छ।

दक्षिण अफ्रिकामा देखिएको नयाँ भाइरस हङकङमा समेत देखा परेको बताइएको छ। विश्वस्वास्थ्य संगठनले उत्परिवर्तित भाइरसकाका बारेमा आज दक्षिण अफ्रिकाका अधिकारीहरुसँग छलफल गर्दैछ। दक्षिण अफ्रिकामा उत्परिवर्तित भाइरस सुरुकै अवस्थामा रहेको तर यो छिट्टै फैलनसक्ने विज्ञहरुले चेतावनी दिएका छन्।

कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएपछि बेलायतले दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई प्रवेशमा प्रतिबन्ध लगाएको छ। दक्षिण अफ्रिकामा कोरोनाको उत्परिवर्तित भाइरस देखापरेपछि दक्षिण अफ्रिकाका ६ देशका नागरिकलाई बेलायतले प्रवेशमा प्रतिबन्ध लगाएको बीबीसीमा खबर छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button