अर्थखबर फटाफट

महालक्ष्मी बचत तथा ऋण सहकारीको सधारणसभा सम्पन्न, १८ प्रतिशत लाभांश दिने

Thrill Factory
Rungta Group

वीरगञ्जको महालक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले शेयर सदस्यहरूलाई १८ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

बिहीवार संस्थाको २१ औं वार्षिक साधारण सभाको अवसरमा सो जानकारी दिइएको हो ।गत आर्थिक वर्ष २०७७/ ७८ मा संस्थाले २ करोड ३८ लाख रुपैयाँ सञ्चालन मुनाफा कमाएको अध्यक्ष इश्वरचन्द्र गौतमले बताए । सो वर्ष ५ करोड १६ लाख आय र २ करोड ७८ लाख खर्च भएको गौतमले जानकारी दिएका छन् ।

सभाको उद्घाटन वीरगञ्ज महानगरकी उपप्रमुख शान्ति कार्कीले गरेकी थिइन् । संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत स्थानीय गहवामाई मन्दिरको पुनर्संरचनाका ६ लाख रुपैयाँ खर्च गरेको छ ।

साधारण सभाले गौतमको अध्यक्षतामा ४ वर्षको लागि सञ्चालक समिति र प्रद्युमन सेढाइको संयोजकत्वमा लेखा समिति चयन गरेको संस्थाका व्यवस्थापक जीतेन्द्र वर्माले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button