
दुई ओटा ट्रकमा लुकाएर ल्याइएको लागू औषध कोरेक्स प्रहरीले बरामद गरेको छ ।



जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालका अनुसार बुधबार वीरगञ्जको बहुअरी सडकखण्डमा प्रहरीले ड्राईपोर्टबाट परवानीपुरतर्फ जाँदै गरेका बा ३ ख ८८०८ नम्बरको मिनी ट्रक खानतलासी गर्दा ५४ बोत्तल कोरेक्स बरामद भएको हो ।



गाडीको चालक बस्ने सिटमुनि बोराभित्र लुकाएर ल्याएको अवस्थामा सो लागू औषध फेला परेको हो । ना ५ ख ६८७७ नम्बरको ट्रकको चालक बस्ने सिटमुनि पनि २२३ बोत्तल कोरेक्स भेटिएको खानालले जानकारी दिए ।



दुवै टकबाट बरामद २७७ बोत्तल लागू औषधसहित ट्रक र चालकसहित ४ जनालाई नियन्त्रणमा लिई लागू औषधसम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले बताएको छ ।