खबर फटाफटप्रदेश

टाटा सुमोले ठक्कर दिँदा बालिकाको मृत्यु, ६ जना घाइते

टाटासुमोले ठक्कर दिँदा घाइते भएकी पैदल यात्री बालिकाको मृत्यु भएको छ।

पासाङल्हामु मार्गको नुवाकोट विदुर-धुन्चे सडकखण्डको ठाडेमा टाटासुमोले ठक्कर दिँदा ठाडेकी ४ वर्षीया नैनी घलेको मृत्यु भएको रसुवा प्रहरीले जनाएको छ।

ना १ ज ६१७६ नम्बरको टाटा सुमोले ठक्कर दिएपछि उपचारका क्रममा बालिकाको मृत्यु भएको हो। बालिकासहित उनकी ३० फुपु वर्षीया उर्जा घले र दाजु ८ वर्षीया करन घले घाइते भएका छन्।

पैदलयात्रीलाई ठक्कर दिएर अनियन्त्रित भएको टाटासुमो सडकबाट ५० मिटर तल भीरमा खसेर दुर्घटनामा परेको थियो। टाटासुमोमा सवार चालकसहित चार जना पनि घाइते भएका छन्।

प्रहरीका अनुसार टाटासुमो चालक रसुवाकै आमाछोदिङ्मो गाउँपालिकाका छिरिङदोर्जे तामाङ, गाडिमा सवार यात्रु रमेश लोप्चन, याङसेन घले र गाडि मालिक घाइते भएका छन्।

गाडि मालिकको नाम खुलेको छैन। घाइते उर्जा घले, करन घले, टाटासुमो चालक छिरिङदोर्जे तामाङ र गाडि मालिकलाई उपचारका लागि नुवाकोट लगिएको रसुवा प्रहरीले जनाएको छ।

टाटासुमोमा सवार यात्रु रमेश लोप्चन र याङसेन घलेलाई उपचारका लागि सदरमुकाम धुन्चे लगिएको प्रहरी नायब उपरीक्षक देबेन्द्र पाण्डेले बताए।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button