No Image Headlineअर्थमुख्य खबर

नेपाल अतिकम विकसितबाट विकासोन्मुख मुलुकमा स्तरोन्नति

संयुक्त राष्ट्र संघको महासभाले नेपालसहित तीन देशलाई अतिकम विकसित राष्ट्रको सूची (एलडीसी) बाट विकासोन्मुख मुलुकको रूपमा स्तरोन्‍नति गर्ने प्रस्ताव पारित गरेको छ ।

बुधबार बसेको ७६ औँ महासभाको ४० औँ पूर्ण बैठकले उक्त निर्णय गरेको हो । महासभाले नेपाल, बंगलादेश​ र लाओसलाई एलडीसी स्तरोन्नति गर्ने प्रस्ताव पारित गरेको हो ।

संयुक्त राष्ट्र संघका अध्यक्ष अब्दुल्लाह शाहिदले पनि नेपालसहित तीन देशलाई अतिकम विकसित राष्ट्रको सूचीबाट स्तरोन्‍नति गर्ने ऐतिहासिक प्रस्ताव पारित भएको जनाएका छन् ।

‘महत्वपूर्ण विकास प्रगति देखाउने बंगलादेश, नेपाल र लाओसको सरकार र जनतालाई बधाई छ,’ शाहिदले ट्विटरमा लेखेका छन् । संयुक्त राष्ट्र संघले गत फागुनमा नेपाललाई अतिकम विकसितबाट विकासोन्मुख मुलुकको रूपमा स्तरोन्‍नति गर्नका लागि सिफारिस गरेको थियो ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button