No Image Headlineअर्थ

कोभिडबाट प्रभावित अर्थतन्त्रमा सुधार, बन्द भएका उद्योग व्यवसायमध्ये ८७.२ प्रतिशत सञ्चालनमा

Thrill Factory
Rungta Group

कोभिड–१९ को महामारी र यसको रोकथामका लागि गरिएको लकडाउन, निषेधाज्ञालगायतका कारण प्रभावित भएको अर्थतन्त्र पुरानै स्थितिमा फर्किन थालेको छ ।

कोभिड महामारीले बन्द भएका उद्योग, कलकारखाना तथा व्यावसायिक गतिविधि पुरानै लयमा फर्किन थालेको नेपाल राष्ट्र बैंकले गरेको अध्ययनले देखाएको छ । राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभाव सम्बन्ध फलोअप अध्ययनमा कोभिड महामारीका कारण बन्द भएका उद्योग व्यवसायमध्ये ८७.२ प्रतिशत सञ्चालनमा आएका छन् ।

कोभिडपूर्व २०७६ फागुनको तुलनामा २०७७ असारमा ४.१ प्रतिशत उद्योग÷व्यवसाय मात्र पूर्णरूपमा सञ्चालनमा रहेकोमा २०७८ कात्तिकमा बढेर ८७.२ प्रतिशत पुगेको देखिएको छ ।

गत वैशाखमा गरिएको सर्वेक्षणमा ४.२ प्रतिशत उद्योग-व्यवसाय सञ्चालन हुन नसकेकोमा कात्तिकमा २.३ प्रतिशत उद्योग÷व्यवसायमात्र सञ्चालन हुन नसकेको पाइएको छ ।पुँजीका आधारमा ५० करोडभन्दा बढी लगानी भएका उद्योग कलकारखाना भने पूर्णरूपमा सञ्चालनमा आएका छन् ।

ठूला उद्योगमध्ये ९०.९ प्रतिशत पूर्णरूपमा र ९.१ प्रतिशत आंशिक रूपमा सञ्चालनमा आएका छन् । केन्द्रीय बैंकले २०७७ असारमा गरेको सर्वेक्षणले बन्दाबन्दी अवधिमा सर्वेक्षणमा सहभागी ४ प्रतिशत उद्योग-व्यवसाय पूर्णरूपमा सञ्चालनमा रहेको, ३५ प्रतिशत उद्योग-व्यवसाय आंशिक रूपमा सञ्चालनमा रहेको र ६१ प्रतिशत उद्योग-व्यवसाय पूर्णरूपमा बन्द रहेको देखाएको थियो ।

यसैगरी २०७७ मंसिरमा भएको पहिलो फलोअप सर्वेक्षणले ५४ प्रतिशत उद्योग-व्यवसाय पूर्णरूपमा, ३७ प्रतिशत उद्योग-व्यवसाय आंशिक रूपमा सञ्चालनमा रहेको र नौ प्रतिशत उद्योग-व्यवसाय पूर्णरूपमा बन्द रहेको देखाएको थियो ।

यसैगरी २०७८ वैशाखमा सम्पन्न गरेको दोस्रो फलोअप सर्वेक्षणमा ८१.२ प्रतिशत उद्योग-व्यवसाय पूर्णरूपमा सञ्चालनमा रहेको, १४.६ प्रतिशत उद्योग-व्यवसाय आंशिक रूपमा सञ्चालनमा रहेको र ४.२ प्रतिशत उद्योग-व्यवसाय पूर्णरुपमा बन्द रहेको देखाएको थियो ।राष्ट्र बैंकले कात्तिक ७ गतेदेखि १७ गतेसम्म टेलिफोन अन्तर्वार्तामार्फत सर्वेक्षण गरेको थियो ।

उद्योग व्यवसाय सञ्चालनसँगै उत्पादन-कारोबारको अवस्थामा सुधार आएको छ । कोभिड महामारी अगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा औसतमा करिब २९ प्रतिशत मात्र उत्पादन-कारोबार रहेकोमा २०७८ कात्तिकमा आइपुग्दा यस्तो उत्पादन बढेर औसतमा ७४.७ प्रतिशत पुगेको छ ।

२०७७ असारको तुलनामा अध्ययनले समेटेका सबै क्षेत्रको उत्पादन-कारोबार बढे पनि होटल तथा रेस्टुराँ क्षेत्रको सुधार तुलनात्मक रूपमा कम छ ।गत असारको तुलनामा उद्योग-व्यवसायको आकारअनुसार पनि सबै प्रकारका उद्योग-व्यवसायको उत्पादन-कारोबार बढे पनि कोभिड महामारी अगाडिको अवस्था भने अझै उत्पादन-कारोबार पुगिनसकेको प्रतिवेदनले औंल्याएको छ ।

उद्योग-व्यवसायहरूले प्रदान गर्ने रोजगारीको स्थितिमा सुधार आएसँगै उद्योग-व्यवसायहरूको औसत तलब–ज्याला खर्चमा समेत वृद्धि भएको पाइएको छ । कोभिड महामारी अगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा ६३.४ प्रतिशत रहेको यस्तो खर्च २०७८ कात्तिकमा आइपुग्दा ९६.१ प्रतिशत पुगेको देखिएको छ ।

खानी तथा उत्खनन र विद्युत, ग्यास तथा पानीलगायत क्षेत्रका उद्योग-व्यवसायको औसत तलब—ज्याला खर्च कोभिड महामारी अगाडिकै अवस्थामा पुगेको प्रतिवेदनले आंैल्याएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button