No Image Headlineदेश

देशका धेरै ठाउँमा हुस्सु : तीन वटा प्रदेशमा हिमपातको सम्भावना

Thrill Factory
Rungta Group

देशका धेरै ठाउँमा अहिले हुस्सु, कुहिरो लागेको छ । काठमाण्डौसहित देशका धेरै ठाउँमा लागेको हुस्सु, कुहिरो भने बिस्तारै हट्दै जाने मौसमविद्ले बताएका छन् ।

आज पनि पारिलो घाम लाग्ने सम्भावना छैन । मौसम धुम्म भएको छ । तापक्रम घट्न थालेको र वायुमण्डलमा रहेका कणहरु पनि त्यही थुप्रिएर बसेकाले मौसम पूर्णरुपमा नखुलेको हो  ।

तत्काल पानी पर्ने र तीव्र गतिमा हावा लाग्ने सम्भावना नभएकाले केही दिनको मौसम यस्तै रहने मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो ।  यस्तै, आज दिउँसाे प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो । यी क्षेत्रमा राति पनि हिमपात हुने उहाँले बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button