No Image Headlineअर्थमुख्य खबर

वीरगञ्जमा बढ्यो तस्करी, प्रहरीले बरामद गरेको कपडा र हार्डवेयर सामान भन्सार चलान

भन्सार कर्मचारीदेखि सिमानामा खटिएका प्रहरीसमेतको मिलेमतो

Thrill Factory
Rungta Group

पछिल्लो समयमा वीरगञ्ज र आसपासका क्षेत्रमा तस्करी बढेको छ । स्थानीय केही तस्करहरुले भारतबाट दैनिकजसो कपडा, किराना, हार्डवेयरलगायतका मालसामान भित्र्याउने गरेका छन् ।

कतिपयले भन्सारका कर्मचारीलाई मिलाएर भन्सारभित्रैबाट अवैध धन्धा चलाएका छन् भने कतिले सीमानामा खटिएका प्रहरीसँगको मिलेमतोमा तस्करी गरिरहेका छन् ।

भन्सार छलेर भित्रिएको मालसामान वीरगञ्जका विभिन्न स्थानमा जम्मा पारेर अन्य शहरमा पठाइने गरेको छ । अहिले तस्करी धन्धामा पुराना कुख्याती कमाएका तस्करहरु लागेको बताइएको छ ।

बेलाबेलामा प्रहरीले वीरगञ्जका विभिन्न क्षेत्रबाट तस्करीको सामान बरामद गरेको पनि छ । भन्सारबाटै कम मूल्यांकन गरेर मालसामान भित्रिएको भन्दै प्रहरीले केही समयअघि विज्ञप्ति नै निकालेको थियो ।

यसैबीत भन्सार छलेर वीरगञ्जमा भित्र्याइएको कपडा र हार्डवेयरका सामानहरु प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले परिचालन गरेको टोलीले मंगलबार बरामद गरेका ती सामान कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको प्रहरी नायव उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए

वीरगञ्जको इनर्वा गाउँ, नगवा र छपकैयाबाट ती अवैध रूपमा भित्र्याइएको सामान ओसारपसार गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । बरामद समानको मूल्य ७ लाख २९ हजार रुपैयाँ रहेको अनुमान प्रहरीको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button