
मेरो माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने आज मंसिर ८ गते बुधबार अन्तिम दिन हो ।
साधारण सभा र लाभांश प्रयोजनको लागि कम्पनीले बिहीबार मंसिर ९ गतेदेखि बुक क्लोज गर्दैछ । तसर्थ, आजसम्म सेयर खरिद गर्ने लगानीकर्ताले कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पाउनेछन् ।
गत वर्षको नाफाबाट यसले २०% बोनस सेयर र कर तिर्न १.०५२% नगद लाभांश वितरण गर्दैछ । मेरो माइक्रोफाइनान्सले मंसिर २४ गते वार्षिक साधारण सभा गर्ने भएको छ ।
सभामा गत वर्षको नाफाबाट वितरण गर्ने लभांश प्रस्ताव पेश हुनेछ । यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने तथा अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि छ ।
साधारण सभा होटल वाटर टावर, बट्टार नुवाकोटको सभाकक्षमा बिहान ११ः३० बजे सुरु हुनेछ ।








