No Image Headlineदेश

२४ घण्टामा ९८ हजार ५११ जनाले लगाए कोभिडविरुद्धको खोप, ३५१ जनामा संक्रमण देखिँदा ९ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ९८ हजार ५११ जनाले कोभिड १९ विरुद्ध खोप लगाएको स्वास्थ्य मन्‍त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा १० हजार १७४ जनाको कोभिड १९ परीक्षण गर्दा ३५१ जनामा संक्रमण देखिएको छ। यस्तै, २७३ जना संक्रमण मुक्त भएका छन्।  हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ७ हजार ३०० पुगेको छ।

संक्रमणका कारण थप ९ जनाको मृत्यु भएको छ। यससँगै देशभर कूल मृतकको संख्या ११ हजार ५०९ पुगेको छ।

 

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button