No Image Headlineदेश

अन्ततः रामदेवले स्वीकारे गल्ती, पतञ्जलीले भन्यो-टेलिभिजन च्यालनका लागि वैधानिक प्रक्रिया अब सुरु गर्छौँ

Birgunj Metropolitan Notice

रामदेव प्रमुख रहेको पतञ्जलीले नेपालमा सञ्चालन गर्ने भनेका दुई टेलिभिजन च्यानलको प्रशारणका लागि वैधानिक प्रक्रिया चाँडै सुरु गर्ने बताएको छ ।

कानूनपिरीत सञ्चालनमा रहेको टेलिभिजनको प्रधानमन्त्री शेरबहादुर देउवालगायतका सत्ता सठबन्धनका नेताहरुले उद्घाटन गरेपछि विवादित बनेको थियो ।

पतञ्जली योगपिठ नेपालका ट्रष्टी शालीग्राम सिंहका अनुसार योग गुरु रामदेव तथा आचार्य बालकृष्ण नेपाल आएको अवसर पारेर प्रधानमन्त्री शेरबहादुर देउवाको समय पनि मिलेकाले उद्घाटन गरिएको हो ।

तर औपचारिक प्रक्रिया भने अब पूरा गरिने उनले बताएका छन् । उनका अनुसार ज्योतिशिय हिसाबले कात्तिक पूर्णिमाको दिन परेकाले उद्घाटनका रुपमा साइत जुराइएको मात्रै हो । उनले भने, ‘विधिवत कार्यचाहिँ बाँकी नै छ । हामी अब त्यो प्रक्रिया पूरा गर्ने छौँ ।’

प्रशारणको अनुमति तथा दर्ता नै नगरी दुई टेलिभिजनको उद्घाटन गरिएको र सञ्चारमा विदेशी लगानी बर्जित रहेको अवस्थामा प्रधानमन्त्रीले नै त्यसको उद्घाटन गरेका भन्दै आलोचना हुँदै आएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button