खबर फटाफटप्रदेश

डाेटीमा एकआपसमा झगडा हुँदा एक जनाकाे मृत्यु

Thrill Factory
Rungta Group

डाेटीमा एकआपसमा झगडा हुँदा एक जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा बाेगटानफुड्सिल गाउँपालिका-१ उल्टेपानीका ४९ वर्षीय धनबहादुर मगर रहेका छन् ।

स्थानीय टेकबहादुर मगरकाे घरमा खाना खाने क्रममा ३२ वर्षीय मिलन मगर र धनबहादुरबीच विवाद हुँदा मिलनले धनबहादुरलाई कुटपिट गरेका थिए ।

कुटपिटबाट गम्भीर घाइते भएका धनबहादुरलाई उपचारका लागि दिपायल ल्याउँदै गर्दा बाटाेमै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए । मिलनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेकाे छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button