खबर फटाफटप्रदेश

हेलम्बुमा आगलागी, तीन बालकको ज्यान गयो

सिन्धुपाल्चोकको हेलम्बू गाउँपालिका ७ सुर्सिङमा आगलागी हुँदा तीन बालकको ज्यान गएको छ।

गएराति सुर्सिङका सञ्चै तामाङको घरनजिकै रहेको गोठमा आगलागी भएको हो। गोठमा आगलागी हुँदा उनका छोरा ६ वर्षीय मनोज तामाङ, सुकुमान तामाङका छोरा पाँच वर्षीय मनिष तामाङ र साइँला तामाङका छोरा पाँच वर्षीय दिलबहादुर तामाङको ज्यान गएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका एसपी राजन अधिकारीका अनुसार तीनै जनाको घटनास्थलमै ज्यान गएको हो।

गोठमा थुपारी राखेको मकैको ढोड र सुकेको नल सल्किँदा आगलागी भएको प्रहरीले जनाएको छ। घरमा अभिभावक कोही थिएनन्। जसले गर्दा आगो निभाउन नपाउँदा मानवीय क्षति भएको उनको भनाइ छ।

आगलागी हुँदा तीन जना बालक गोठमा थिए। गोठमा रहेको लाइटर खेलाउदा आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button