No Image Headlineदेश

ओलीलाई आफ्नै निर्णय घाँडो-पदाधिकारीमा उम्मेदवारी बढ्दै गएपछि विधान संशोधनको तयारी

नेकपा एमालेको १० औं महाधिवेशनमा पदाधिकारीको आकांक्षी बढ्दै गएपछि त्यसको व्यवस्थापन गर्न अध्यक्ष केपी शर्मा ओलीलाई सकस देखिएको छ ।

Patanjali Nepal
SweetMart Nepal

महाधिवेशन आउन केही दिन बाँकी रहँदा उम्मेदवारी घोषणा तथा नेताहरुको आकांक्षीका कारण ओली थप तनावमा रहेका हुन् ।

गत असोजमा काठमाडौँको गोदावरीमा सम्पन्न भएको विधान महाधिवेशनले १५ सदस्यीय पदाधिकारी निर्धारण गरेपछि एमालेभित्र धेरै नेताहरूको व्यवस्थापन गर्न असहज बन्दै गएको नेताहरुले बताउँदै आएका छन् ।

एमालेमा पूर्वमाओवादी नेताहरुले पनि राम्रै पदका लागि इच्छा देखाएका छन् । यसकारण पनि पदाधिकारी व्यवस्थापनमा समस्या देखिएको छ ।

पदाधिकारी व्यवस्थापन गर्नमा समस्या देखिएपछि अब विधान नै संसोधन गरेर अगाडी बढ्ने विषयमा छलफल भइरहेको स्रोतको दाबी छ ।

त्यस्तै एमालेमा वरिष्ठ उपाध्यक्षसहित सात उपाध्यक्ष, उपमहासचिव एक गरी तीन पद थप गर्ने विषयमा नेताहरूबीच छलफल सुरु पनि भएको बुझिएको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button