अर्थखबर फटाफट

स्थानीय तहमार्फत बालीको सामूहिक बिमाको तयारीमा सरकार

Thrill Factory
Rungta Group

सरकारले प्रत्येक स्थानीय तहमार्फत सामूहिक रुपमा कृषि बालीमा बिमा गर्ने तयारी गरेको छ ।

कृषि बालीमा बिमा गर्नका लागि सबै किसानको पहुँच नहुने र गाउँ गाउँमा बिमा कम्पनीले व्यक्तिगत रुपमा बिमा नगर्ने भएपछि सरकारले सामूहिक रुपमा कृषिबाली गर्न लागेको हो ।

सरकारले कृषि तथा पशुजन्य व्यवसायमा किसानलाई आकर्षित गर्न बिमा रकममा ८० प्रतिशत अनुदान दिने व्यवस्था गरेको छ । पशुपंक्षीमा बिमा गरिए पनि बालीमा बिमा नभएकाले सामूहिक रुपमा बिमा गर्न लागिएको हो ।

कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्रराय यादवले स्थानीय तहमार्फत कृषि बालीमा सामूहिक रुपमा बाली बिमा गर्न लागिएको जानकारी दिए । उनले स्थानीय र प्रदेश सरकारले बालीको सामूहिक बिमा गर्ने गरी केन्द्र सरकारबाट छलफल भएको बताए ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button