देशमुख्य खबरविशेष

नेपालको जडिबुटीमा रामदेवको स्वार्थ : सत्ता गठबन्धन किन बन्दैछ पतञ्जलीको ‘मतियार’ ?

Thrill Factory
Rungta Group

नेपालका जडीबुटी भारतमा निर्यात गर्ने र फेरि भारतमै उत्पादन गरी नेपालमा बिक्री गर्ने योजना बनाएको पतञ्जली योगपीठले पुनः विवादित काम गर्न शुरु गरेको छ ।

पतञ्जली योगपीठ नेपालले पतञ्जलीका प्रमुख भारतीय योगगुरु रामदेव र आचार्य बालकृष्ण आचार्यलाई नेपाल बोलाई जडीबुटी उत्पादन गर्न जग्गा खोजी शुरु गरेको छ ।

नेपालको वैद्यखानालाई पूर्णरूपमा सञ्चालन गर्न नसकेको सरकारले भारतीय कम्पनी पतञ्जलीलाई नेपालमा पुनः भित्र्याउन खोजिएको छ । हुन त पतञ्जलीले लमजुङ र बनेपामा केही जग्गा खरिद गरिसकेको छ ।

केही वर्षदेखि पतञ्जलीका आयुर्वेदिक औषधि निर्यातमा सरकारले प्रतिबन्ध लगाएपछि पतञ्जलीको औषधि, उपचार र सेवाकेन्द्र ठप्प भएको थियो ।स्रोतका अनुसार थप जग्गा खरिद गर्न सरकारको सहुलियतका लागि पतञ्जलीले सरकारलाई दबाब दिँदै आएको छ ।

स्रोत भन्छ– ‘यो सरकार पतञ्जली योगपीठ नेपाल र रामदेवका लागि कन्फटेबल सरकार हो । त्यसैले देउवा नेतृत्वको सरकार आउनासाथ पतञ्जलीले जग्गा, टेलिभिजन च्यानल सञ्चालन खोजिरहेको छ ।

जडीबुटीमा कर लगाउने विषयमा विवाद भएपछि सरकारले पतञ्जली औषधि नेपाल ल्याउन रोकेको थियो । औषधि रोकेपछि राजधानीमा स्वास्थ्य परीक्षण र औषधि बिक्री प्रयोजनका लागि स्थापना गरिएको सेवा केन्द्र बन्द भएको थियो ।

सेवा केन्द्र बन्द भएपछि पतञ्जली योगपीठ नेपाललाई करोडौं रुपियाँ घाटा लागेको भन्दै सरकारसमक्ष पटक–पटक गुहार मागेको थियो ।

पछिल्लो समय गठबन्धन सरकार बनेपछि पतञ्जली योगपीठ नेपालले आफ्नो सेवा विस्तार गर्न खोजेको छ । रामदेवलाई नेपालमा बोलाएर नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादव, नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग भेट गराउनुले पतञ्जली नेपालको स्वार्थ लुकेको प्रस्ट देखिएको छ ।

आफू अनुकूलको सरकार आएपछि कानुनविपरीत दुईवटा टेलिभिजन च्यानलको प्रधानमन्त्री देउवाको बाहुलीबाट उद्घाटन गराउन सफल योगपीठले नेपाल सरकारसँग विभिन्न सेवा माग गरेको पाइन्छ ।

तीन दिनअघि प्रधानमन्त्री देउवासहितका गठबन्धनका नेताको उपस्थितिमा मण्डिखाटारस्थित पतञ्जली योगपीठको मुख्यालयमा आस्था नेपाल र पतञ्जली नामका दुई टेलिभिजन च्यानलको उद्घाटन भएको थियो ।

सूचना तथा प्रसारण विभागमा दर्ता नगरिएका यी दुई टेलिभिजन च्यानल उद्घाटनमा भने प्रधानमन्त्री शेरबहादुर देउवा आफैं पुग्नुले प्रम स्वयं भारतको स्वार्थबाट अघि बढेको देखिएको चर्चा व्याप्त छ ।

पतञ्जलीको अहिलेको मुख्य माग पतञ्जलीको आयुर्वेद औषधि नेपालमा कर छुटसहित प्रवेश गराउन पाउनुपर्ने रहेको स्रोतको दाबी छ ।

स्रोतले पतञ्जलीका लागि जग्गा उपलब्ध गराउन र औषधिमा कर छुट गराउन दुवै विषयमा पतञ्जलीले गठबन्धनका नेतासंग चाकडी गरिरहेको बताएको छ । यसै प्रयोजनका लागि स्वामी रामदेव नेपाल प्रवेश गर्नासाथ नेकपा माओवादीका अध्यक्ष दाहाललाई भेट्न खुमलटार निवास पुग्नुभएको स्रोतको दाबी छ ।

पतञ्जलीको चाहना आयुर्वेद औषधि नेपाल भित्र्याउने, नेपालको जडीबुटी उत्पादन गर्ने र आयुर्वेद कलेज सञ्चालन गर्नुरहेको बताइएको छ । खाद्य सामग्री बिक्री गरेर मात्र पतञ्जली योगपीठले खर्च धान्न नसक्ने भएपछि आयुर्वेदिक औषधिको नेपालमा एकछत्र बनाउन योगपीठ लागिपरेको चर्चा छ ।

उता विदेशी लागानीको च्यानल नेपाल भित्र्याएको विरोधमा नेपालमा ठूलो विरोधका आवाज उठेको छ । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन–२०७५ मा ‘विदेशी लगानी खुला नगरिएका उद्योग वा व्यवसायमा’ आम सञ्चारमाध्यममा विदेशी लगानीलाई निरुत्साहित गर्ने गरी सरकारले बनाएको विधेयक प्रतिनिधिसभाबाट पास भएपछि ऐनका रूपमा कार्यान्वयनमा ल्याइएको थियो ।

तत्कालीन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको पालामा यो कानुन आएको थियो । नयाँ कानुन ल्याउँदा सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन–२०४९ खारेज गरेको थियो । विदेशी च्यानल खुल्ने चर्चा चलेपछि सूचना तथा प्रसारण विभाग सो विषयमा छानबिन गर्न समिति गठन गरेको छ ।

यसैबीच पूर्वपरराष्ट्रमन्त्री एवं एमाले नेता प्रदीप ज्ञवालीले नेपालमा विदेशी लगानीमा टेलिभिजन सञ्चालन गर्न नमिल्ने स्पष्ट पार्नुभएको छ । ‘प्रधानमन्त्री शेरबहादुर देउवाले बाह्य लगानीमा सञ्चालित टेलिभिजन च्यानल ‘आस्था नेपाल’ र ‘पतञ्जली नेपाल’ उद्घाटन गरेर कानुनविपरीत काम गर्नुभएको टिप्पणी गर्नुभएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button