No Image Headlineअर्थ

कुन कुन जीवन बीमा कम्पनीले गरे लाभांश घोषणा ?

Thrill Factory
Rungta Group

नेप्सेमा सूचिकृत अन्य  कम्पनीहरुले आर्थिक वर्ष ७७/७८ को लाभांश घोषणा गरिसकेको बेला जीवन बीमा कम्पनीहरुले भने आर्थिक वर्ष ७६/७७ को लाभांश प्रस्ताव गरिरहेका छन् । बीमाङ्किय मुल्याङ्कनले  गर्दा जीवन बीमा कम्पनीहरुले अन्य कम्पनी भन्दा एक वर्ष ढिलो लाभांश प्रस्ताव गर्ने गरेको ईतिहास छ।

आर्थिक वर्ष ७७/७८ को  संचित  मुनाफाबाट ५ जीवन बीमा कम्पनीहरुले लाभांश प्रस्ताव गरेका छन् । लाभांश प्रस्ताव गर्नेमा एशियन लाइफ, प्राइम लाइफ, सूर्या लाइफ, ज्योति लाइफ र रिलायन्स लाइफ रहेका छन् । ५ कम्पनी मध्ये प्राइम लाईफले साधारण सभा  प्रयोजनका लागि बुक क्लोज मिति समेत घोषणा गरेको अवस्था छ । प्राइम लाईफले मंसिर १९ गते वार्षिक साधारण सभा बोलाउदै १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ८७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्दै छ । कम्पनीले यही  मंसिर १० गते बुक क्लोज गर्दै छ । बुक क्लोजको आधारमा मंसिर ९ गते सम्म कायम शेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्ने छन् ।            त्यस्तै एशियन लाइफले २५ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश, सूर्या लाइफले १२ दशमलव ७० प्रतिशत बोनस शेयर र शुन्य दशमलव ६७ प्रतिशत नगद लाभांश, ज्योति लाइफले लाइफले ५ प्रतिशत बोनस शेयर र ५ दशमलव ५३ प्रतिशत नगद लाभांश र रिलायन्स लाइफले ५ दशमलव २६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश बीमा समितिको स्विकृती र  साधारण सभाले  पास गरे पश्चात शेयरधनीहरुले प्राप्त गर्ने छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button