No Image Headlineखबर फटाफटप्रदेश

वीरगञ्ज महानगरपालिकामा खोप भण्डार स्थापना, अब नियमित र कोभिडविरुद्धको खोप व्यवस्थापन सहज

Thrill Factory
Rungta Group

वीरगञ्ज माहानगरपालिकाकामा खोप भण्डार स्थापना गरिएको छ ।

बालबालिकाहरुलाई लगाइने नियमित खोप तथा कोभिडविरुद्धको खोप भण्डारणका लागि महानगरपालिकाले खोप भण्डारको स्थापना गरेको हो ।

महानगर प्रमुख विजय कुमार सरावगीले खोप भण्डारस्थलको शनिबार उदघाटन गरेका छन् । खोप भण्डारण गर्ने स्थान अभावले आवश्यक खोपको मात्रा वीरगञ्जभन्दा बाहिर नै भण्डारण गनुपर्ने अवस्थाले वीरगञ्जमा समयमा खोप नपाउने समस्या भोग्दै आएका वीरगञ्ज महानगरवासीले अब भने भण्डारण अभावले खोप नपाउने समस्याबाट मुक्ति पाउने भएका छन् ।

वीरगञ्ज महानगरपालिकाले पाँच लाख रुपैंयाको एउटा (आईएलआर) खोप चिसो बनाई राख्ने रेफ्रिजेरेटर, प्रदेश सरकार र जिल्ला स्वास्थ्य कार्यालबाट पनि खोप चिसो राख्ने रेफ्रिजेरेटर, एकसय वटा आईस्प्याक फ्रिजर, १६ वटा खोप बोक्ने भ्याक्सिन क्यारियर, ७ वटा कोल्ड बक्स र २ वटा धेरै खोप बोक्न मिल्नेलगायतका उपकरणहरु महानगरपालिकामा उपलब्ध भएको महानगरपालिकाका स्वास्थ्य संयोजक रितेश जयसवालले बताए ।

खोप भण्डार स्थापनासँगै अब महानगरपालिकावासीलाई आवश्यक पर्ने खोप राख्न मिल्ने चेन कोल्ड सब स्टोर स्थापना गरेको र महानगरका बालबालिकालाई लगाईने नियमित खोप तथा कोभिडविरुद्धको खोपको पनि अभाव नहुने महानगर प्रमुखसरावगीले बताए ।

चेन कोल्ड सव स्टोर स्थापनाले महानगरपालिकामा खोप सहज रुपमा पाउन सकिने नगर प्रमुख सरावगीको भनाइ छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button