खबर फटाफटप्रदेश

नगरप्रमुख सरावगी भन्छन्- शिक्षामा कोभिडको प्रभाव न्यूनीकरणमा महानगरको मोडल सही

Thrill Factory
Rungta Group

वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले कोभिड महामारीले शिक्षामा पारेको प्रभाव न्यूनीकरणका लागि महानगगरपालिकाले चालेको कदम सही रहेको दाबी गरेका छन् ।

अन्तराष्ट्रिय बाल अधिकार दिवसको अवसरमा चाइल्ड हब नेपालले वीरगन्जमा आयोजना गरेको वक्तृत्वकला प्रतियोगिताको उदघाटन गर्दै सरावगीले कोरोना महामारीले लामो समयसम्म विद्यालय बन्द भएको अवस्थामा महानगरपालिकाले चालेको कदम प्रभावकारी भएको बताए ।

शुरुमा कक्षा ८ देखिमाथिको पठनपाठन शुरु गर्ने निर्णय गरेको र सोही निर्णयकै आधारमा देशभरका विद्यालयहरु खुला भएको उनले बताए ।

कोभिड–१९ को हटस्पट बनेको वीरगञ्जमा शुरुमा कोभिड संक्रमण नियन्त्रण र व्यावस्थापनमा अपनाइएको पद्धति पनि देशकै लागि उदाहरणीय बनेको बताए ।

शिक्षा क्षेत्रमा पनि महानगरपालिकाले अपनाएको मोडालिटी सही सावित भएको नगर प्रमुख सरावगीले दावी गरे । कोरोनाको जोखिम कायमै रहेको अवस्थामा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर जोखिम कम हुने कक्षाहरु मात्रै संचालनमा ल्याइएको थियो ।

बालबालिकाहरुको शिक्षामा नाकारात्मक प्रभाव पर्नबाट जोखिएको सरावगीले बताए । उनले तेश्रो लहरको कोभिडको जोखिम हुनसक्ने सम्भावनालाई दृष्टिगत गरी नारायणी अस्पतालमा निजीक्षेत्रले स्थापना गरेको सघन बाल उपचार कक्ष स्थापनासँगै बालबालिकाहरुलाई जोखिम न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रमहरु जारी राखेको बताए ।

सीमाक्षेत्र भएकोले अझै पनि कोभिड संक्रमण जोखिम कायमै रहेकोले बालबालिकाहरुलाई जोखिमबाट बचाउनका लागि अभिभावकहरु पनि गम्भीर हुनुपर्ने पनि उनले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button