खबर फटाफटप्रदेश

भारतीय सांसद निषाद र महावाणिज्यदुत नितेश कुमारबीच छलफल

मिडिया फर बोर्डर हारमोनिका संरक्षक सांसद अजय निषाद र  महावाणिज्य दुत नितेश कुमार बिच छलफल भएको छ ।                                                भारतीय महावाभारतीय जनता पार्टिका बिहार प्रदेश उपाध्यक्ष समेत रहेका सांसद निषाद र भारतीय महावाणिज्य दुतबिच  भारतले नेपालमा गर्दै आएको सहयोग र दुबै देश बिच रहेको बेटी रोटीको  सम्बन्धबारे कुराकानी भएको मिडिया फर बोर्डर हारमोनिका अध्यक्ष अमरेन्द्र तिवारीले बताउनु भयो ।          शुक्रबार भारतीय महावाणिज्य दुतावासले आयोजना गरेको भेटघार कार्यक्रममा सांसद निषादले  सदियौ देखि नेपाल भारत बिच रहेको सम्बन्धलाई भारतीय महावाणीज्यदुतावास वीरगन्जले खेल्दै आएको भुमिका सराहनीय भएकोमा महावाणिज्यदुत नितेश कुमारलाई धन्यवाद दिनु भयो । एक देशक देखि मिडिया फर बोर्डर हारमोनिले समय समयमा उठने विभिन्न समस्याहरुको समाधानका साथै  दुबै देशका नागरिकहरुको जनजिवनलाई सहजताको लागी दुबै देशबिचका पत्रकार,जनप्रतिनिधी बिचको छलफल लगायतका कार्यक्रम सराहणीय भएको धारण भारतीय महावाणिज्य दुत नितेश कुमार सांसद निषद समक्ष राख्नुभएको थियो ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button