
वीरगञ्ज उद्योग वाणिज्य सङ्घले एक समारोहबीच सङ्घकै कार्यकक्षमा भारतको मुजफ्फरपुर संसदीय क्षेत्रका सांसद अजय निषादसँग छलफल तथा अन्तरक्रिया गरेको छ ।
छलफलका क्रममा वीउवासङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ताले रक्सौल तथा वरपरको क्षेत्रमा रहेको भौतिक पूर्वाधारको अवस्थाप्रति ध्यानाकर्षण गराउँदै सडक, राजमार्ग निर्माण तथा स्तरोन्नतिको लागि पहल गर्न आग्रह गरे ।


उनले सन् १९७५ अगाडि नै सञ्चालनमा आई केहि कारणबस बन्द हुन गएको रक्सौल एयरपोर्टको स्तरोन्नति गरी पुनः सञ्चालनमा ल्याउन तथा रक्सौल र भारतको मुख्य शहरहरुलाई द्रुत रेलमार्गबाट जोड्न सुपर फास्ट ट्रेन सञ्चालनको लागि पनि सांसद निषादसँग आग्रह गरे ।
अध्यक्ष गुप्ताले वीरगञ्ज–रक्सौल नाकाबाट दिनहुँजसो लाखौं यात्रुहरु आवागमन गर्ने भएकोले वीरगञ्ज – रक्सौल बोर्डरलाई ह्यापी बोर्डरको रुपमा परिणत गरिनुपर्ने धारणा राखे ।
उनले नाकालाई ह्यापी बोर्डरको रुपमा परिणत गर्न बोर्डरदेखि २५–२५ किमीसम्मको क्षेत्रको भौतिक पूर्वाधार विकास हुनुपर्ने, बोर्डरमा कुनै यात्रुलाई कष्ट नहुने किसिमको वातावरण निर्माण गर्नुपर्ने धारणा राख्नुहुँदै पर्यटकहरुको लागि आकर्षणको केन्द्रबिन्दुको बन्ने किसिमले मितेरी पुललाई गेटवे पुलको रुपमा निर्माण गर्न आवश्यक पहलको लागि सांसद निषादसँग आग्रह गरे ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. २ का ऊर्जा तथा खानेपानी मन्त्री ओमप्रकाश शर्माले वीउवासङ्घबाट प्रस्तुत एजेन्डाहरुलाई पूरा गर्न तथा नेपाल–भारतको सीमा क्षेत्रको विकासको लागि प्रदेश सरकारको तर्फबाट गरिनु पर्ने पहल आपूmले गर्ने बताए ।
सांसद अजय निषादले वीउवासङ्घबाट उठाइएको विकास सम्बन्धी मुद्दाहरुलाई आपूmले सकारात्मक रुपमा लिएको बताए । उनले सङ्घबाट उठाइएका मुद्दाहरुलाई मूर्त रुप प्रदान गर्न आपूmले पहल गर्ने र सङ्घद्वारा उठाइएका विषय निर्माणका विषयहरुलाई प्रदेश सरकार र केन्द्रीय सरकारलाई लिखित रुपमा पठाउने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा बोर्डर फर मिडिया हार्मोनी, भारतका अध्यक्ष अमरेन्द्र तिवार, सङ्घका पूर्व अध्यक्ष अशोककुमार वैद, वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल, उपाध्यक्ष माधव राजपाल, सचिव आशीषकुमार लाठ, का.स.स. नरेश टिबडेवालले नेपाल–भारत सीमावर्ती क्षेत्रसँग जोडिएका विषयहरुका सम्बन्धमा आ–आफ्ना धारणा राखेका थिए ।