अर्थ

नेपाल बङ्गलादेश बैंकको साधारण सभाबाट ६ जना सञ्चालक निर्वाचित

Thrill Factory
Rungta Group

नेपाल बङ्गलादेश बैंकको २७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

बिहीवार सम्पन्न सभाले १२ प्रतिशत बोनस शेयर र ३ दशमलव ५० प्रतिशत नगद लाभांशसमेत गरी कुल १५ दशमलव ५० प्रतिशत लाभांश  प्रस्ताव पारित गरेको छ । साथै सभाले सर्वसाधारण समूहबाट तीन जना र संस्थापक समूहबाट तीन जना गरेर छ जना सञ्चालकमा निर्वाचित गरेको छ ।

संस्थापक समूहको तर्फबाट ए.आर.एम नजमुस शकिब,एम.शाह आलम सरवर र क्यामरुन नहर अहमद निर्वाचित भएका छन् । त्यसैगरी सर्वसाधारण समूहबाट इन्द्रबहादुर थापा,अमन शाह र योगिता दाहल निर्वाचित भएका छन् । ती छ जना सञ्चालकको कार्यकाल आगामी चार वर्षसम्मको रहनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button