खबर फटाफटप्रदेश

प्रहरीले नियन्त्रणमा लिएको एक ट्रक किराना र हार्डवेयर सामान राजस्व अनुसन्धानमा बुझायो

Thrill Factory
Rungta Group

भन्सार छलेको आरोपमा प्रहरीले वीरगञ्जमा एक ट्रक मालसामान नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले बिहीबार वीरगञ्जको घण्टाघरनजिकै ना ६ ख १३७ नम्बरको मालवाहक ट्रकमा खुद्रा तथा हार्डवेयरलगायतका मालसामान नियन्त्रणमा लिएको हो ।

भन्सार छलेको सामान रूपन्देहीतर्फ लैजादै गरेको सूचनाका आधारमा ट्रक नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए । ट्रक जाँच गर्दा विलबिजकभन्दा बढी किराना तथा हार्डवेयर सामान भेटिएको प्रहरीले बताएको छ ।

ट्रकका चालक मकवानपुर राक्सीराङ गाउँपालिका ३ का सुनबहादुर थिङसहित ट्रक नियन्त्रणमा लिई राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरीले बताएको छ । नियन्त्रणमा लिइएको मालसामान तथा ट्रकको मूल्य ५० लाख अनुमान प्रहरीको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button