स्वास्थ्य/जिवनशैली

मुखको क्यान्सरबाट बच्ने यस्ता छन् उपाय

Thrill Factory
Rungta Group

पछिल्लो केही दशकयता मुखको क्यान्सरको समस्या बढ्दो क्रममा छ । मुखको क्यान्सर हुनुको प्रमुख कारण सुर्तीजन्य पदार्थको सेवन हो । धूम्रपान, सुपारीजन्य पदार्थको सेवनले मुखको क्यान्सर हुने गरेको छ । सुर्तीजन्य पदार्थको लत त्याग्नु पर्दछ ।

मद्यपान पनि मुखको क्यान्सरको प्रमुख कारण मानिन्छ । जुनसुकै ब्रान्ड वा प्रकारको रक्सी सेवन गरे पनि मुखको क्यान्सर हुन सक्छ । मद्यपानका क्रममा कतिपयले सुर्तीजन्य पदार्थको पनि सेवन गर्नाले मुखको क्यान्सर हुने सम्भावना झनै बढेर जान्छ । यस अलावा अल्कोहल, जंकफुड, र–फुड, केमिकल हालेको सागसब्जीका कारण पनि मुखको क्यान्सर हुन सक्छ ।

क्यान्सरबाट बच्न नुन कम हालेको खानेकुरा खानु राम्रो हुन्छ । मुखमा भएका परिवर्तन, घाउ–खटिरा, दाग लगायतले मुखको क्यान्सरको संकेत गर्दछ । तसर्थ बिहान–बेलुका, खाना खाएपछि राम्रोसँग मुखको सफाइ गर्नु पर्दछ । त्यसैले खाना खाएपछि मुख कुल्ला गर्न ५ मिनेट समय छुट्याउनुहोस् । यस अलावा क्यान्सरबाट बच्न सन्तुलित खाना, हरियो सागपात, फलफूल खानु पर्दछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button