मानव तस्करीको डरलाग्दो जालो, सयौं युवालाई भिजिट भिसामा यसरी पुर्याइन्छ इराक

रोकिएन सरकारले खाडी मुलुक इराकमा वैदेशिक रोजगारीमा जान रोक लगाए पनि मानव तस्करले सेटिङ गरी नेपालीलाई उक्त मुलुक पुर्याइरहेको पाइएको छ । मानव तस्करले सेटिङ गरी भिजिट भिसामा दुबई हुँदै इराक पठाइरहेको स्रोतको दाबी छ ।



तलब सुविधा र ज्यानको सुरक्षा नभए पनि दलालहरुले इराकको रोजगारीका नाममा चार लाख रूपैयाँसम्म असुली गर्ने गरेको बताइएको छ । उक्त गिरोहले आकर्षक तलब सुविधाको प्रलोभन दिएर काठमाडौंमा आधा रकम लिने र आधा रकम इराक पुगे पछि दिने शर्तमा यो धन्दा चलाइरहेको इराक पुगेका एक कामदारका आफन्तले बताए ।



मानव तस्करहरुले पछिल्लो समय गोर्खा, तनहूँ, लमजुङ, काल्की लगायतका जिल्लाहरुबाट सयौंको संख्यामा सुवाहुलाई इराक पठाइरहेको बुझिएको छ । दुबईमा बराकको धन्दा गर्ने मानव तस्करहरुको निकै चलखेल बढिरहेको छ ।



विगतमा भारत र तेस्रो मुलुकका विमानस्थलबाट लैजाने तस्करहरूले हाल नेपालकै अध्यागमन र एयरलाइन्सका कर्मचारीसँगको मिलेमतोमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इराकÞ पठाइरहेको बताइएको छ । उनीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राति उडान गर्ने फ्लाइटबाट भ्रमणको उद्देश्य नखुले पनि आर्थिक मिलेमतोमा प्रस्थान अनुमति दिने गरेको पनि श्रोतले बतायो ।
नेपालबाट खाडी मुलुक भिजिटमा जान चाहनेले एक हजार अमेरिकी डलर, दोहोरो हवाई टिकट र होटल बुकिङको कागजपत्र देखाउनु पर्छ । मानव तस्करी गिरोहले अध्यागमनले तोकेका सबै प्रािक्रया पुर्याइदिने गरेको पनि बताइएको छ ।