
काठमाण्डौको माइती घर मण्डलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
गएराति दुई बजे वाग्मती प्रदेश ०२–०२४ प ६७७१ नम्बरको मोटरसाइकल माइती घर मण्डलामा रहेको जेब्राक्रस नजिकै पल्टिएको हो । दुर्घटनामा मोटरसाइकलको पछाडि बस्ने काभ्रेका २१ वर्षका रोमन मल्लिकारको ज्यान गएको प्रहरीले जनाएको छ ।


प्रहरीकाअनुसार मोटरसाइकल पल्टिँदा मल्लिकार सडकपेटीमा ठोक्किनु भएको थियो । उहाँको माइती घर मण्डलामा नै रहेको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । मोटरसाइकलका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।