खबर फटाफटप्रदेश

मकवानपुरगढी गाउँपालिकामा कांग्रेसले लगायो ताला

Thrill Factory
Rungta Group

मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको कार्यालयमा ताला लगाइएको छ । बुधबार नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिकाले कार्यालयमा ताला लगाएको हो ।

विगत आठ महिनादेखिको ढुङ्गा गिट्टी बालुवा उत्खननको प्रक्रियामा गाउँपालिकाको मिलेमतोमा अनियमितता भएको भन्दै ताला लगाईएको कांग्रेसले जनाएको छ ।

नदिजन्य सामाग्रीको परिणाम संख्या, काटिएको राजश्व र गिट्टी बालुवा तथा नदिजन्य पदार्थमा लगाइएको ठेक्काको विषयमा आफुखुसी गरिएकोले कांग्रेसले गाउँपालिकाको मुख्य ढोकामा र नयाँ बनेको भवनको मुल च्यानल गेटमा ताला लगाइएको गाउँपालिका सभापति राजविर मोक्तानले बताए ।

गाउँपालिकामा कार्यरत कर्मचारीहरुलाई बाहिर निस्कन अनुरोध गर्दै ताला लगाइएको थियो । गिट्टी बालुवा तथा नदिजन्य पदार्थमा भ्रष्टाचार गर्न खोजिएको, अनियमितताबारे सर्वपक्षीय छलफल नै नगरी गाउँपालिका आफुखुसी अघि बढेको, कांग्रेसबाट निर्वाचित वडा अध्यक्षसहित कार्यपालिका सदस्यहरुलाई बेवास्ता गर्दै बहुमतले निर्णय गरेकोलगायत आरोप कांग्रेसको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button