
बैतडी जिल्लाको एक स्थानीय तहले जात्राको लागि २ दिन सार्वजनिक बिदा दिएको छ ।



मेलौली नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै आज बिहीबार र भोलि शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी गराएको हो ।



यस्तै, दशरथचन्द नगरपालिकाले पनि आज एक दिन सार्वजनिक दिने निर्णय गरेको छ ।



मेलौली नगरपालिका १ स्थित मेलौली भगवती मन्दिरमा दुई दिन बलिसहित भव्य जात्रा लाग्ने गर्दछ ।