कृषि

२८०१.५२ विन्दुमा नेप्से, ७ अर्ब ३७ करोड बराबरको शेयर खरीदविक्री

Thrill Factory
Rungta Group

साताको चौथो कारोबार दिन बुधवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १६ दशमलव ९५ अंक बढेको छ ।

नेप्से परिसूचक २ हजार ८०१ दशमलव ५२ विन्दुमा पुगेको हो । यस अवधिमा कारोबारमा आएका २२४ धितोपत्रको १ करोड १९ लाख ४३ हजार ८५८ कित्ता शेयरको ७७ हजार ५१८ पटकमा रू. ७ अर्ब ३७ करोड ९४ लाख ४६ हजार ८२० बरावरको शेयर खरीद विक्री भएको हो । कारोबारमा आएका २२४ धितोपत्र मध्ये चार धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

पञ्चकन्या माई हाइड्रोपावर, अपर तामाकोशी हाइड्रोपावरको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत र माुनषी लघुवित्त वित्तीय संस्था र तेह्रथुम पावर कम्पनीको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशत दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।

त्यसैगरी, सबैभन्दा बढी शेयर मूल्य बोटलर्स नेपाल तराईको घटेको छ । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ७ दशमलव ४७ प्रतिशत घटेको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button