No Image Headlineखबर फटाफटप्रदेश

नेता हरिनारायण रौनियारको पहलमा पर्साको रामनगरीमा सडक कालोपत्रे

Thrill Factory
Rungta Group

हुलाकी राजमार्गअन्तर्गत पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ८ रामनगरीमा सडक कालोपत्र कार्य सम्पन्न भएको छ । जनता समाजवादी पार्टीका नेता हरिनारायण रौनियारको पहलमा उक्त सडक निर्माण भएको हो ।

दशकौसम्म यस्तै रहेको सडको निर्माण र कालोपत्र अहिले पूरा भएको रौनियारले बताए । सो कार्यमा बिभिन्न बाधा अड्चन आए पनि निरन्तर प्रयासको कारण कार्य सम्पन्न भएको उनको भनाइ छ ।

सो सडकबाट स्थानीय बासिन्दालाई निकै सहज भएको पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष पूनिलाल साह तेलीले बताए ।
स्थानीय विरेन्द्र यादवले अब बर्षायामको बेलामा स्थानीयले सास्ती भोग्नु नपर्ने भन्दै खुशी व्यक्त गरे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button