प्रदेशमुख्य खबर

पर्सामा फेरि मौलायो गाँजा खेती : चुनाव नजिकिएसँगै अवैध खेतीलाई राजनीतिक संरक्षण, प्रहरी प्रशासन पनि कमाउने ताकमा

Thrill Factory
Rungta Group

पर्साको ग्रामीण क्षेत्रमा यतिबेला फेरि गाँजा खेती मौलाएको छ ।

विगत केही वर्षदेखि गाँजा खेतीबाट निरुत्साहित पर्साका किसानहरु अहिले पुनः अवैध गाँजा खेतीमा जमेर लागेको पाइएको छ ।

केही वर्षअघि प्रहरीले चलाएको चेतानामूलक कार्यक्रमबाट पर्साका किसान गाँजा खेती छोडेर अन्य खेतीमा लागेका थिए ।
जिल्लाको ठोरी, निर्मलबस्ती, बिजयबस्ती, जानकीटोलालगायतका ग्रामीण इलाकाको सयौं विघा खेतमा अहिले गाँजा लगाइएको स्थानीयले बताएका छन् ।

यस वर्षको अन्त्यसँगै स्थानीय, प्रदेश र संघको चुनाव शुरु हुने भएकाले स्थानीय राजनीतिक अगुवाबाट संरक्षण प्राप्त हुने आश्वासन पाएका किसान गाँजा खेतीमा लागेका हुन् ।

भारतमा बिक्री हुने गाँजा विगतमा यहाँका किसानदेखि प्रहरी र प्रशासनसमेतलाई कमाउने उपाय बन्ने गरेको छ । गाउँका अगुवाहरूले प्रहरी प्रशासनलाई मिलाएर हजारौं विघामा गाँजा फस्टाउने गरेको थियो ।

किसानहरुबाट मोटो रकम उठाएर प्रहरी प्रशासनलाई बुझाएपछि गाँजा खेती निर्वाध रुपमा हुने गरेकोमा केही वर्षअघि प्रहरीले नै यो खेती उन्मुलन अभियान चलाएको थियो ।

आसन्न चुनावको मौका छोपेर पुनः गाँजा खेती फस्ताउने तारतम्य मिलाइएको छ । आगामी वर्ष हुने स्थानीय, प्रदेश र संघीय संसदको चुनावका आकांक्षीहरुले अहिले किसालाई गाँजा खेती संरक्षणको आश्वासन दिएका छन् ।

उनीहरुले आफ्नो भोटको पकड बलियो बनाउन प्रहरी प्रशासनलाई मिलाइदिन्छु भन्दै किसानलाई गाँजा लगाउन प्रेरित गरिरहेको किसानहरूले बताएका छन् ।

भोटको राजनीति र स्थानीय नेताहरुहरूलाई चुनावी खर्चका लागि यो वर्ष पर्सामा गाँजा खेती मौलाउने देखिएको छ । प्रहरी प्रशासन पनि चुनावी महोलमा केही काम गरेजस्तो गरेर रकम कमाउने ध्याउन्नमा लागेको एक स्थानीय नेताको दाबी छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले भने गाँजा खेतीमा सलंग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास गरी कानूनबमोजिम कारवाही हुने चेतावनी दिएको छ । प्रहरीले गाँजा खेती नष्ट गरेको छ ।

सोमबार प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्कीको कमाण्डमा गएको टोलीले जिल्लाको ठोरी गाउँपालिकामा वडा नं.३ र ४ मा ११ विघा खेतको गाँजाको बोटहरू नष्ट गरेको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button