No Image Headlineदेश

बन्दमा पनि रोकिएन नेपाल बारको आन्दोलन: सर्वोच्चमा आज पनि धर्ना, प्रधानन्यायाधीशको चेम्बरमै धर्ना दिने चेतावनी

Thrill Factory
Rungta Group

बन्दमा पनि नेपाल बार आन्दोलनमा, सर्वोच्चमा आज पनि धर्ना


8Shares
facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
sharethis sharing button

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलनरत नेपाल बार एसोसिएसन नेपाल बन्दमा पनि धर्नामा उत्रिएको छ ।

२३ दिनदेखि आन्दोलनरत बारले आज मंगलबार बिहान सर्वोच्च अदालतमा धर्ना सुरु गरेका छन् । आज नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको नेपाल बन्द रहे पनि बारले आन्दोलनरतलाई निरन्तरता दिएको हो ।

प्रधानन्यायाधीश जबराले सोमबार मात्र वक्तव्य जारी गर्दै विधिसम्मत वार्ताका लागि आह्वान गरेका थिए । तर नेपाल बारले भने उक्त प्रस्ताव नै अस्वीकार गर्दै आन्दोलनलाई निरन्तरता दिएको छ ।

सर्वोच्चका न्यायाधीश पनि जबराले मार्गप्रशस्त गर्नुपर्ने मागसहित इजलासमा बसेका छैनन् ।

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको च्याम्बरमै धर्ना दिने चेतावनी दिएको छ ।

आफ्ना माग सम्बोधन नभए प्रधानन्यायाधीश राणाको च्याम्बरमै पुगेर विरोध जनाउने बारले चेतावनी दिएको हो ।

प्रधान्यायाधीशको च्याम्बरमै धर्ना दिने बारको चेतावनी


2Shares
facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
sharethis sharing button

काठमाडौँ– नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको च्याम्बरमै धर्ना दिने चेतावनी दिएको छ ।

आफ्ना माग सम्बोधन नभए प्रधानन्यायाधीश राणाको च्याम्बरमै पुगेर विरोध जनाउने बारले चेतावनी दिएको हो ।

दुई साताभन्दा लामो समयदेखि प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै आन्दोलनमा उत्रिएको बारले गत आइतबारदेखि सर्वोच्च अदालतकै गेटमा धर्ना दिँदै आएको छ ।

सोही क्रममा मंगलबार धर्नालाई सम्बोधन गर्दै बार महासचिव लिलामणि पौडेलले बारको कुरा नसुन्ने हो भने प्रधानन्यायाधीशकै कुर्सीमा पुगेर धर्ना दिने चेतावनी दिए ।

इजलासमा फर्किने तयारी गरेका न्यायाधीशलाई खबरदारी गर्दै उनले आन्दोलन असफल पार्ने कदम नचाल्न चेतावनी पनि दिए ।

उनले भने, ‘बारको आन्दोलन समग्र न्यायाधीश र सेवाग्राहीका लागि हो । न्यायका लागि हो । त्यसकारण न्यायाधीशले साथ दिनुपर्छ । विपक्षमा गएर विरूद्वमा नलाग्नुस् ।’

राणालाई बहिर्गन हुन पुनः अनरोध गरेका उनले अन्यथा सडकमा जाने र कार्यसमिति बैठक बसेर थप आन्दोलन कार्यक्रम तय गरिने जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button