
हुलाकी राजमार्गअन्तर्गत पर्साको निर्माणाधीन तिलावे पूल चैत्र मसान्त भित्र निर्माण हुने भएको छ ।



जिल्ला प्रसाशन कार्यालय पर्सामा सोमबार सर्वदलीय बैठले यो निर्णय गरेको हो । निर्माणाधीन तिलावे पूलको अवरुद्ध भएको निर्माण कार्य मिति २०७८ साल कार्तिक ३० गते बाट सुचारु गर्ने निर्णय बैठकले गरेको छ ।



निर्माणाधीन तिलावे पूलको डाईभर्सन बनाउने कार्य संघीय सांसद हरिनारायण रौनियारको सक्रियतामा सुरु भएको छ । अहिले डाईभर्सनको कार्य भईरहेको हो ।



तिलावे पुलमा बढ्दै गएको भिडलाई कम गर्नको निमित डाईभर्सन बनाउने कार्य भईरहेको संघिय सांसद रौनियारले बताए ।
यसैगरी ट्राफिक व्यवस्थापन जिल्ला प्रहरी कार्यालय पर्साले मिलाउने निर्णय गरिएको छ । पूलको मर्मत सम्भार तथा रङ्गरोगन कार्य आयोजनाले गर्ने छ ।
तोकिएको समयमा कार्यरम्भ भएको नभएको तथा निर्माण कार्यको प्रभावकारिता बारे सर्वपक्षीय टोलीले निरिक्षण तथा अनुगमन गर्ने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारि उमेश कुमार ढकालको अध्यक्षतामा बसेको बैठकमा बिभिन्न राजनीति दलका नेताहरुको उपस्तिथी रहेको थियो ।