अर्थ

मुलुकलाई समृद्ध बनाउन साझा प्रयास आवश्यक : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले आत्मनिर्भर अर्थतन्त्रको निर्माण गरी मुलुकलाई समृद्ध बनाउन सवैको साझा प्रयासको आवश्यकता रहेको बताएका छन्।

प्रेस सेन्टर नेपाल रासस प्रतिष्ठान शाखाको सोमवार तेस्रो अधिवेशन तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन् ।

संविधानमा उल्लेख भएअनुसार समाजवादको आधार तयार पार्दै स्वाधीन अर्थतन्त्रको निर्माणमा सरकार लागिपरेको भन्दै उनले यसमा साथ दिन पत्रकारहरुलाई आग्रहसमेत गरे।

अर्थमन्त्री शर्माले पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न सरकारका तर्फबाट उपलब्ध गराउनुपर्ने स्रोत र साधनका लागि आफूले प्रयास गर्ने पनि बताए । उनले पत्रकारलाई मुलुकको समृद्धिको प्रवक्ताको रुपमा काम गर्नसमेत आग्रह गरे ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button