खबर फटाफटप्रदेश

जनप्रतिनिधिले नै घूस मागेपछि अख्तियारको फन्दामा

Thrill Factory
Rungta Group

जनताको सेवाका लागि जनताबाटै निर्वाचित भएका जनप्रतिनिधिले घूस माग्छन् भन्ने सामान्य मानिसले सोच्न पनि सक्दैनन् ।

तर सर्लाहीमा भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई जना वडा सदस्यलाई घूस रकमसहित पक्राउ गरेको छ ।

आयोगका अनुसार १ लाख ५० हजार रुपैयाँ घूस लिएको अभियोगमा ईश्वरपुर नगरपालिका ११ का वडा सदस्यद्वय सोनेलाल साह र उमेश रायलाई सोमवार पक्राउ गरिएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार ढलानसम्बन्धी काम सम्पन्न भए पश्चात् उपभोक्ता समितिलाई कार्य सम्पन्न सिफारिस गरिदिएवापत वडा सदस्यद्वयले घूस उमाग्दै गरेको भन्ने सूचनाका आधारमा आयोगको बर्दिबासबाट गएको टोलीले दुवै जनालाई पक्राउ गरेको हो ।

उनीहरुलाई सर्लाहीको लालबन्दी–७ स्थित सोनेलाल साहको कृष्ण इन्टरप्राइजेजबाट घूससहित पक्राउ गरिएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button