अर्थ

२६.४४ अंक बढेर २७०० विन्दुमाथि नेप्से

Thrill Factory
Rungta Group

साताको दोस्रो कारोबार दिन सोमवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा २६ दशमलव ४४ अंक अर्थात् शून्य दशमलव ९८ प्रतिशत वृद्धि भएको छ । नेप्से परिसूचक २ हजार ७१५ दशमलव ३५ विन्दुमा पुगेको हो ।

यस अवधिमा कारोबारमा आएका २२८ ओटा धितोपत्रको ८६ लाख ३६ हजार ६३६ कित्ता शेयरको ५९ हजार ३१६ पटकमा रू. ४ अर्ब ७३ करोड ४६ लाख ५१ हजार ४४४ बराबरको शेयर खरीदविक्री भएको छ । कारोबारमा आएका २२८ धितोपत्र मध्ये तीन ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

बोटलर्स नेपाल तराई, मानुषी लघुवित्त वित्तीय संस्था, तेह्रथुम पावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । बोटलर्स नेपाल तराई र मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत र तेह्रथुम पावर कम्पनीको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।

त्यसैगरी सबैभन्दा बढी एभरेष्ट इन्स्योरेन्स कम्पनीको प्रमाटरको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ४ दशमलव ८८ प्रतिशत घटेको छ । शेयरमूल्य प्रतिकित्ता रू. ४०९ दशमलव ५० मा झरेको हो ।

कारोबारमा आएका १३ ओटा समूहमध्ये सबै समूहको परिसूचक बढेसँगै समग्र नेप्से बढेको हो । कारोबारमा आएका १३ समूहमध्ये सबैभन्दा बढी विकास बैंक समूहको परिसूचक २ दशमलव ६३ प्रतिशत बढेको छ ।

त्यसैगरी बैंकिङ समूहको परिसुचक शून्य दशलमव शून्य ५ प्रतिशत व्यापार समूहको परिसूचक १ दशमलव ८३ प्रतिशत, होटल एण्ड टुरिजमको १ दशमलव ८१ प्रतिशत, हाइड्रोपावर समूहको १ दशमलव ६७ प्रतिशत, वित्त समूहको २ दशमलव ३ प्रतिशत, निर्जीवन बीमा समूहको परिसूचक १ दशमलव ७४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको १ दशमलव ७१ प्रतिशत, अन्य समूहको परिसूचक शून्य दशमलव ९८ प्रतिशत, माइक्रोफाइनान्स समूहको १ दशमलव २१ प्रतिशत, जीवन बीमा समूहको शून्य दशमलव ७५ प्रतिशत, म्युचुअल फण्ड समूहको शून्य दशमलव २१ प्रतिशत र लगानी समूहको परिसूचक १ दशमलव ९६ प्रतिशत वृद्धि भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button