No Image Headlineखेल संसार

अष्ट्रेलियाले जित्यो टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि

Thrill Factory
Rungta Group

आइतबार सम्पन्न टी ट्वान्टी विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाले जितको छ । आइतबार भएको फाइनल खेलमा न्यूजिल्याण्डलाई पराजित गर्दै अष्ट्रेलियाले पहिलो पटक टी ट्वान्टी विश्वकप क्रिकेटको उपाधि उचालेको हो ।

दुबई मैदानमा भएको खेलमा पहिला ब्याटिङ गरेको न्यूजिल्याण्डले ४ विकेटको क्षतिमा १७२ रन बनाएको थियो ।

जवाफी ब्याटिङ गरेको अष्ट्रेलियाले १८ ओभर ५ बलमा २ विकेटको क्षतिमा लक्ष्य भेटायो । उसका लागि डेबिड वार्नर र मिचेल मार्शले अर्धशतक बनाए । मार्शले ७७ रन बनाउँदा वार्नरले ५३ रन बनाए ।

न्यूजिल्याण्डका लागि ट्रेन्ट बोल्टले २ विकेट लिए। अन्य बलरले सफलता नपाउँदा न्यूजिल्याण्डले उपविजेतामा चित्त बुझाउनु परेको हो । यसअघि पहिला ब्याटिङ गरेको न्यूजिल्याण्डका लागि कप्तान केन विलियम्सनले ८५ रन बनाएका थिए ।

यो प्रतियोगितामा टसको निकै महत्वपूर्ण भूमिका रह्यो । टस जित्ने र लक्ष्य पछ्याउने टिमले खेल जिते भने पहिला ब्याटिङ गर्ने टिमले जित्न सकेनन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button