No Image Headlineप्रदेश

तिलावे पुलको निर्माण ३ दिनभित्र सुचारु हुने, सांसद हरिनारायण रौनियारले गरे पहल (सहमति पत्रसहित )

Thrill Factory
Rungta Group

हुलाकी राजमार्गअन्तर्गत पर्साको तिलावे नदीमा निर्माणाधीन पुलको निर्माण कार्य ३ दिनभित्र सुचारु गरिने भएको छ ।

पर्सा क्षेत्र नं. ३ का सांसद हरिनारायण रौनियारको पहलमा आइतबार हुलाकी राजगमार्ग निर्देशनालय योजना कार्यालय, वीरगञ्जका प्रमुख र निर्माणको जिम्मेवारी लिएको लुम्बिनी जेभीका प्रतिनिधिको सहभागितामा बसेको बैठकले आगामी ३ दिनभित्र काम शुरु गर्ने सहमति बनाएको हो ।

पर्साको सदरमुकाम वीरगञ्जलाई ग्रामीण क्षेत्रसँग जोड्ने मुख्य मार्गमा रहेको सो पुल निर्माणमा भइरहेको ढिलाईले पर्साका बासिन्दा नराम्ररी प्रभावित भएका छन् । मुख्य मार्गमा दैनिक घण्टौं जाम लाग्ने गरेको छ ।

बाँकी काम पूरा गर्ने जिम्मा लिएको लुम्बिनी बिल्डर्सले ३ दिनभित्र काम शुरु गर्ने र निर्धारित समयभित्र काम सक्ने सहमति गरेको हुलाकी राजगमार्ग निर्देशनालय योजना कार्यालका प्रमुख दरोगा प्रसादले जानकारी दिए ।

विगतमा कोरोनाका महामारी नियन्त्रणका लागि लगाइएको बन्दाबन्दी, निषेधाज्ञा र बर्षाका कारण ढिलाई भएको कामलाई अब गति दिने निर्णय योजना प्रमुखको अध्यक्षता बसेको बैठकले गरेको हो ।

छलफलमा लुम्बिनी विल्डर्सका प्रनितिधिहरु युरोज अर्याल ,नवराज ज्ञवाली , कार्यालयका नायव सुब्बा आशिष गिरीलगायतका प्रतिनिधिहरुको सहभागिता थियो ।

समयमै पुल नबन्दा आवगमनका कठिनाइ भएको भन्दै स्थानीयबासिन्दाले बेलाबेलामा प्रदर्शन गर्दै आएका छन् ।

गत सतामात्रै सांसद रौनियारले समस्याको तत्कालीन समाधानका लागि सडकको डाइभर्सन बनाइदिने र पुल शीघ्र निर्माणको पहल गर्ने प्रतिबद्धता गरेका थिए ।

प्रतिबद्धताअनुसार तिलावे पुलको दक्षिणतर्फ डाइभर्सन निर्माणको काम शुरु भइसकेको सांसद रौनियारले जानकारी दिए ।

सो पुल निर्माणमा रौनियार संस्थापक रहेको पप्पु कन्स्टकसन पनि संयुक्त साझेदारीमा रहेको छ । अहिलेसम्मको निर्माणको काम पप्पुले गरेको र बाँकी काम लुम्बिनीले पूरा गर्ने सहमति २०७६ सालमै भएको थियो ।

त्यसयता कोरोना महामारीका कारण रोकिएका कामले अब गति लिने विश्वास हुलाकी राजगमार्ग निर्देशनालय योजना कार्यालय वीरगञ्जको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button