खबर फटाफटप्रदेश

गुल्मी प्रहरीद्वारा फरार दुई अभियुक्त पक्राउ

Thrill Factory
Rungta Group

गुल्मी प्रहरीले फरार दुई अभियुक्त पक्राउ गरेको छ । प्रहरीले गतबर्षको २३ पुसमा १७ बर्षीया किशोरीलाई बलात्कार गरेर फरार भएका कपिलवस्तु बाणगंगा नगरपालिका- १ पिपराका २१ बर्षीय चन्द्रबहादुर थापालाई १० महिनापछि घरबाटै पक्राउ गरेको हो ।

थापालाई कपिलवस्तु प्रहरीको सहयोगमा जिल्ला प्रहरी कार्यालय गुल्मीको टोलीले पक्राउ गरेको हो । बलात्कार भएको बारेमा बालिकाले परिवारलाई लामो समयसम्म बताएकी थिइनन् ।

आरोपितले बलात्कारपछि पनि पटक पटक मानसिक तनाव दिएपछि बालिकाले परिवारलाई बताएकी थिइन् । त्यसपछि पीडित परिवारले १० महिनापछि १६ कात्तिकमा थापाविरुद्ध प्रहरीमा उजुरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेयले जानकारी दिए ।

उजुरीपछि खोजतसालका क्रममा थापालाई प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोपालचन्द्र भटराईसहितको टोलीले घरैबाट पक्राउ गरेर ल्याएको पाण्डेयले बताए ।

यस्तै ३१ बर्यीया महिलालाई बलात्कार गरेर फरार रहेका गुल्मी मुसिकोट नगरपालिका( ८ का ४७ बर्षीय चन्द्रे सार्कीलाई पनि प्रहरीले पक्राउ गरेको छ । आरोपित सार्कीले महिलालाई गत १७ भदौमा बलात्कार गरेर फरार भएका थिए ।

सार्कीविरुद्ध परिवारले २१ भदौमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । त्यसपछि खोजतलासका क्रममा घर नजिकबाटै पक्राउ गरेर अदालतमा पेश गरी आवश्यक अनुसन्धान जारी रहेको प्रहरी जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button