अर्थ

२६८८.९२ विन्दुमा नेप्से, ४ अर्ब ९ करोडबराबरको शेयर खरीदविक्री

बजार अब विस्तारै अप ट्रेण्डमा जाने संकेत

Thrill Factory
Rungta Group

साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १ दशमल ३८ अंकले घटेको छ ।

आइतवार बजार इन्ट्राडेमा २ हजार ७०४ विन्दुसम्म पुगेको थियो । यसले बजार अब विस्तारै अप ट्रेण्डमा जाने संकेत देखाउँदछ । यसोत यतिबेला लाभांशको सिजन चलिरहेको छ । राम्रो लाभांश दिएका कम्पनी र बलियो आधारभुत पक्ष भएका कम्पनीमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुने हुनाले लगानीकर्ताले यसतर्फ सजगता अपनाउन आवश्यक छ ।

लगानी गर्नुपूर्व कस्तो प्रकारको लगानी गर्ने हो ? अल्पकालिन वा दिर्घकालिन लगानी के हो ? यसबारे यकिन भएर लगानी गर्ने हो भने भोलिका दिनमा अपेक्षा गरे अनुसारको प्रतिफल पाउन सकिन्छ ।

यो दिन नेप्से परिसूचक २ हजार ६८८ दशमलव ९२ विन्दुमा आइपुगेको छ । यो दिन कारोबारमा आएका २३० ओटा धितोपत्रको ७४ लाख ३४ हजार ५३७ कित्ता शेयर रू. ४ अर्ब ९ करोड ६२ लाख १९ हजार ५२५ दशमलव ४० मा कारोबार भएको छ ।

कारोबारमा आएका ती धितोपत्र मध्ये तीन ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । यो दिन बोटलर्स नेपाल तराई,मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड र तेह्रथुम पावर कम्पनीको धितोपत्र मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

बोटलर्स नेपाल तराईको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत, माुनषी लघुवित्त र तेह्रथुम पावर कम्पनीको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।

त्यसैगरी यो दिन सर्वाधिक शेयर कारोवार महालक्ष्मी विकास बैंकको भएको छ । उक्त कम्पनीको रू. २७ करोड ३९ लाख ९३ हजार बराबरको शेयर खरीदविक्री भएको छ । दोस्रोमा आइसीएफसी फाइनान्सको रू. २४ करोड२८ लाख ७२ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

त्यस्तै यो दिन हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । उक्त कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन १० प्रतिशतले घटेसँगै नकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३१५ मा झरेको छ । कम्पनीको शेयरमा क्रेताभन्दा विक्रेता धेरै भएकाले शेयरमूल्य घटेको हो ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button