भारतमा सक्रिय संक्रमितहरुको संख्या २०२० को मार्च पछिकै सवैभन्दा कम
भारतमा कोरोनाभाइरसका संक्रमितहरुको संख्या धेरै कम देखिएको छ ।
सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार भारतमा अहिले सन् २०२० को मार्चपछिकै सवैभन्दा थोरै सक्रिय संक्रमितहरु रहेका छन् ।
उनीहरुका अनुसार भारतमा अहिले संक्रमित अवस्थामै रहेकाहरुको कुल संख्या १ लाख ३५ हजार ९८१ रहेको छ ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार कुल केन्द्रीय स्वास्थ्य मन्त्रालयमध्ये अहिले एक प्रतिशतभन्दा कम मात्रै सक्रिय संक्रमित रहेका छन्, यो संख्या पछिल्ला ५२२ दिन अर्थात् १७ महीना पछिकै सवैभन्दा कम हो ।
त्यसैगरी पछिल्लो २४ घण्टामा भारतमा ११ हजार २७१ जना नयाँ संक्रमित थपिएको पनि मन्त्रालयले बताएको छ ।मन्त्रालयका अधिकारीहरुका अनुसार सोही अवधिमा कोरोनाभाइरसका कारण थप २८५ जनाको मृत्यु भएको छ ।
भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको कुल संख्या ४ लाख ६३ हजार ५३० पुगेको मन्त्रालयको विवरणमा उल्लेख छ ।
पछिल्लो एक दिनमा नयाँ थपिएका संक्रमित मध्ये ६ हजार ४६८ जना केरला राज्यका मात्रै रहेका छन् । भारतमा कोरोनाका कारण अहिले सवैभन्दा बढी प्रभावित केरलामा एक दिनमा मात्रै २३ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा भारतमा १२ लाख ५५ हजार ९०४ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले बताएको छ ।