No Image Headlineखबर फटाफट

नेपालसहित १० देश कोरोनाको उच्च जोखिममा !

Thrill Factory
Rungta Group

नेपाली कामदारको श्रम गन्तब्य रहेको कतारले नेपालसहित १० देशलाई कोरोना ९कोभिड(१९ ० को उच्च जोखिम ‘रेड लिष्ट’ को सूचीमा राखेको छ ।

नोभेम्वर १५ तारिखदेखि लागू हुनेगरी नेपाल, बंगलादेश, ईजिप्ट, भारत, ईण्डोनेशिया, पाकिस्तान, फिलिपिन्स, श्रीलंका, सुडान तथा दक्षिण सुडानलाई रेड लिष्टमा रहेको कतारको स्वास्थ्य मन्त्रालयलाई उद्रित गर्दै गल्फ टाइम्सले जनाएको छ । नयाँ सूचीअनुसार १ सय ८१ मुलुकहरु हरियो सूचीमा परेका छन् ।

यस्तै, कतारमा पछिल्लो २४ घण्टामा १३७ जनामा नयाँ संक्रमण भेटिएको छ । यो संगै कतारमा कोरोना सङ्क्रमितको संख्या २ लाख ४० हजार ९६५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस अवधिमा १ सय ४२ जना उपचारपछि निको भएर घर फर्किएसँगै संक्रमण मुक्त हुनेको सङ्ख्या २ लाख ३८ हजार ७१७ पुगेको छ । संक्रमणबाट अहिलेसम्म ६ सय ११ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यो समाचार तयार पार्दासम्म कतारमा १ हजार ६ सय ३७ वटा ‘एक्टिभ’ केस रहेका छन् भने ८४ जना यहाँको विभिन्न अस्पतालहरुमा उपचार गराइरहेका छन् । तीमध्ये ११ जनाको आईसीयूमा उपचार भइरहेको छ ।

अहिलेसम्म कोरोनाले कतारमा २४ नेपाली श्रमिकले ज्यान गुमाएको दोहास्थित नेपाली दूतावासले जनाएको छ । अहिलेसम्म कतारमा ४८ लाख ७६ हजार ७७८ डोज खोप वितरण गरिसकिएको मन्त्रालयले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button