No Image Headlineप्रदेश

रौतहटमा कार दुर्घटना, चार भारतीयको मृत्यु

Thrill Factory
Rungta Group

रौतहटको यमुनामाई गाउँपालिकाको झुन्खुन्वा चोक नजिकै शनिवार राति भएको कार दुर्घटनामा चार जना भारतीय नागरिकको मृत्यु भएको छ ।

चन्द्रनिगाहपुरबाट गौरतर्फ गइरहेको यूके १२ सी २९०० नम्बरको कार शनिवार राति करिब साढे १० बजे दुर्घटनामा परेको हो । कार अनियन्त्रित भएर नालामा खसेको प्रहरीले जनाएको छ ।

घटना लगत्तै प्रहरी पुगेर उद्धार गर्दागर्दै कारमा सबार चार जनाको मृत्यू भएको रौतहटका प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले जानकारी दिए ।

उनका अनुसार मृतकहरुको पहिचान खुल्न सकेका छैन । यद्दपी उनीहरु भारतीय नागरिक रहेका बुझिएको छ ।

मृतक चारै जनाको शव पोष्टमार्टमका लागि गौर अस्पतालमा राखिएको छ । दुर्घटनामा परेको कार क्षतविक्षत अवस्थामा छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button