अन्तराष्ट्रिय
भारतमा १२ हजार ३३१ जना कोरोना संक्रतित थप

भारतमा पछिल्लो २४ घण्टामा १२ हजार ३३१ जना कोरोना संक्रमित थपिएका छन् ।
ओल्डोमिटरको पछिल्लो विवरणअनुसार यही अवधिमा त्यहाँ १२ हजार ८१६ जना कोरोना मुक्त भएका छन् ।


भारतमा थप ४८० जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाकै कारण त्यहाँ मृत्यु हुनेको संख्या ४ लाख ६१ हजार ८२७ रहेको छ ।
यससँगै भारतमा कुल संक्रमितको संख्या ३ करोड ४२ लाख ८६ हजार ७९६ पुगेको भने तीमध्ये ३ करोड ३७ लाख ७७ हजार ५३ जना निको भइसकेका छन् ।
आज भारतमा संकृय संक्रमितको संख्या एक लाख ४८ हजार ९०६ रहेको छ ।